काठमाडौँ- सरकारले संघीय मन्त्रालयहरूसँग भएको सवारी साधनको विवरण माग गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मन्त्रालयहरूसँग भएका सवारी साधनको विवरण उपलब्ध गराउन भनेको हो।
कार्यालयले मन्त्रालय र अन्तर्गत विभाग÷कार्यालयमा प्रयोगमा रहेका र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण बिहीबारसम्म उपलब्ध गराउन भनेको छ।
‘तहाँ मन्त्रालय र अन्तर्गत विभाग÷कार्यालयमा प्रयोग रहेको र मर्मत कार्यभइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण देहाय बमोजिम तयारी गरी यस कार्यालयमा २०८३/०१/०३ कार्यालय समयभित्र प्राप्त हुने गरी पठाउने व्यवस्था हुन मिति २०८३/०१/०२ को (सचिवस्तर) निर्णयअनुसार अनुरोध छ,’ शाखा अधिकृत आनन्द राम श्रेष्ठले पठाएको पत्रमा उल्लेख छ।

प्रकाशित: २ वैशाख २०८३ २०:०१ | Wednesday, April 15, 2026
प्रतिक्रिया




