कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

हिमाल प्रेस १० वैशाख २०८३ १३:१८ | Thursday, April 23, 2026
14
SHARES
कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य गर्न निर्देशन दिएको छ।

मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाबाट जारी पत्रअनुसार अब मन्त्रालय, विभाग, कार्यालय तथा सबै स्थानीय तहमा कार्यरत कर्मचारीको दैनिक उपस्थितिको विवरण (आएको र गएको समय) अनिवार्य रूपमा विद्युतीय प्रणालीबाटै अभिलेख राख्नुपर्नेछ।

मन्त्रालयले वैशाख ८ गते सचिवस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो। सो अनुसार हालसम्म विद्युतीय हाजिरी प्रणाली कार्यान्वयन नभएको कार्यालयहरूले समेत तत्काल उक्त प्रणाली लागू गरी कर्मचारीको दैनिक हाजिरी डिजिटल माध्यमबाटै राख्नुपर्नेछ।

त्यसैगरी, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सम्बन्धित कार्यालयमा सुरक्षित राख्न पनि निर्देशन दिइएको छ।

प्रकाशित: १० वैशाख २०८३ १३:१८ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast