जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

हिमाल प्रेस १ वैशाख २०८३ १८:५४ | Tuesday, April 14, 2026
18
SHARES
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

कञ्चनपुर- जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतको विसं २०६४ जेठ २० गतेको फैसलाले तीन वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका-२ अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना लामो समयदेखि फरार रहेका थिए।

रानालाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा घरबाट पक्राउ गरेको हो। पक्राउ परेका रानामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ वैशाख २०८३ १८:५४ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast