एफए कप : फर्नान्डेजको निर्णायक गोलमा चेल्सी फाइनलमा

हिमाल प्रेस १४ वैशाख २०८३ ८:२५ | Monday, April 27, 2026
6
SHARES
एफए कप : फर्नान्डेजको निर्णायक गोलमा चेल्सी फाइनलमा

काठमाडौँ- एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । वेम्बलीमा भएको रोमाञ्चक भिडन्तमा १–० को जित निकाल्दै चेल्सीले अब उपाधिका लागि म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको हो । खेलको २३ औँ मिनेटमा एन्जोले गरेको गोल नै निर्णायक बनेको हो ।

खइंग्लिस प्रिमियर लिगमा खराब लयबाट गुज्रिरहेको चेल्सीका लागि यो जित निकै महत्वपूर्ण सावित भएको छ । पछिल्ला पाँच खेलमा गोल गर्न नसकी पराजय भोगेको टोलीका लागि फर्नान्डेजको गोलले राहत दिएको हो । प्रशिक्षकको बर्खास्ती र क्लबभित्रको उथलपुथलका बीच मैदानमा ओर्लिएको चेल्सीले सन् १९१२ यताकै खराब लयलाई तोड्ने प्रयास गरेको छ ।

आठ पटकको एफएकप विजेता चेल्सी यसपटक उपाधि जित्दै आफ्नो खस्किएको साख फर्काउने दाउमा छ । सन् २०२२ पछि पहिलो पटक फाइनल पुगेको चेल्सी १७ औँ पटक फाइनल पुगे हो ।

लिगको प्रदर्शन र क्लबको वर्तमान स्थितिलाई हेर्दा फाइनलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई रोक्नु चेल्सीका लागि ठूलो चुनौती हुनेछ ।

 

प्रकाशित: १४ वैशाख २०८३ ८:२५ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast