आन्तरिक एकता बलियो बनाउने देउवा समूहको निष्कर्ष

हिमाल प्रेस ६ वैशाख २०८३ १५:२९ | Sunday, April 19, 2026
14
SHARES
आन्तरिक एकता बलियो बनाउने देउवा समूहको निष्कर्ष

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन्।

आइतबार काठमाडौँमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन्।

पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै सबैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफूहरुको मत रहेको कांग्रेस नेत नेता कुन्दनराज काफ्लेले बताए।

विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरुको छलफलले निरन्तर छलफल गरेर पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे आवश्यक निर्णय लिने उनको भनाइ छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्वको भेलामा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, मीनबहादुर विश्वकर्मालगायतका नेताहरू सहभागी थिए।
यसअघि शनिबार निवर्तमान कार्यवाहक सभापति खड्काको निवासमा बसेको देउवा समूहका पूर्वपदाधिकारीहरूको छलफलले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको थियो।

सर्वोच्चको फैसलामा असहमति राख्ने कतिपय आधारहरू भए तापनि स्वीकार गरेर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको थियो। यद्यपि पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी अब सभापति गगन थापामाथि आइपुगेको देउवा पक्षका नेताहरूको भनाइ छ।

सभापति थापाले प्रस्तुत गर्ने व्यवहारले पार्टीको १५ औँ महाधिवेशन साझा बन्ने नबन्ने निर्धारण हुने देउवा समूहका नेताहरूले बताएका छन्।

प्रकाशित: ६ वैशाख २०८३ १५:२९ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast