सुनकोशीबाट बेपत्ता भएका उदयपुरका एक पुरुषको शव फेला

हिमाल प्रेस १४ वैशाख २०८३ ६:५९ | Monday, April 27, 2026
12
SHARES
सुनकोशीबाट बेपत्ता भएका उदयपुरका एक पुरुषको शव फेला

काठमाडौँ- सुनकोशी नदीबाट बेपत्ता भएका उदयपुरका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। लिम्चुङबुङ गाँउपालिका ५ चौलाने बस्ने ५१ वर्षीय रामशेर राई मृत भेटिएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उनलाई आइतबार साँझ रौतामाई गाउँपालिकाको भदौरे भन्ने ठाउँमा सुनकोशीको किनारमा मृत अवस्थामा फेला पारिएको हो। राई वैशाख ८ गते गाउँका अन्य ८ जना साथीसँग सुनकोशी नदीमा माछा मार्न गएका थिए।

माछा मार्ने क्रममा लिम्चुङबुङ गाँउपालिका ४ सानरलुङबाट उनी नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ। खोजतलास गर्ने क्रममा ६ दिनपछि उनी रौतामाई गाँउपालिका ३ भदौरेमा मृत भेटिएका हुन्।

उनको शव जिल्ला अस्पताल उदयपुरमा पोस्टमार्टमपछि छोरा जापान राईले बुझि लगेका प्रहरीले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८३ ६:५९ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast