पाल्पा- बगनासकाली गाउँपालिका ७ दैलातुङस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको छ। सोही गाउँपालिका ९ चापपानीका २९ वर्षीय तोयनाथ बस्यालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।
खोजी गर्ने क्रममा कालीगण्डकी नदीको बिचमा बुधबार बिहान करिब ८ बजे शव फेला परेको उनले बताए।
सोही ठाउँका अर्का ३९ वर्षीय शरण भुसाल भने अझै बेपत्ता छन्। उनको पनि खोजी कार्य जारी रहेको छ।
मंगलबार बेलुकी पौने ५ बजे उनीहरू डुबेर बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप प्रहरी टोली र सशस्त्र प्रहरीको गोताखोर टोली बुधबार बिहानै घटनास्थल पुगेर खोजी गरिरहेको प्रनाउ चौधरीले बताए।
प्रकाशित: २ वैशाख २०८३ ९:०८ | Wednesday, April 15, 2026
प्रतिक्रिया




