काठमाडौँ- नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत ‘बिर्सु कसरी’ सार्वजनिक भएको छ । ‘सानुको सम्झना’मा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति बोकेको छ । गीतमा गायक मोतीराज खनाल र गायिका शान्तिश्री परियारको आवाज छ ।
गीतको शब्द स्वयं नवराज गौतमले लेखेका हुन् हो भने संगीत संयोजन गायक मोतीराज खनालकै रहेको छ । महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतलाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो । गीतको म्युजिक भिडियोमा नवराज गौतमसँगै सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टिना शाह, सरिता कुँवर, सिद्धार्थ कँडेल, साइब्रीना थिङ, विक्रम थापा, लक्ष्मण खड्का लगायतका कलाकारको अभिनय छ ।
भिडियोको निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् भने छायांकन दीपक गिरी र सम्पादन राजेश कुमारको रहेको छ ।



