नेशनल लाईफ र ग्राण्डी हस्पिटलबीच सम्झौता

हिमाल प्रेस १० वैशाख २०८३ २१:१९ | Thursday, April 23, 2026
2
SHARE
नेशनल लाईफ र ग्राण्डी हस्पिटलबीच सम्झौता

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबचि मेडिकल सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा नेशनल लाईफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र ग्राण्डी अस्पतालका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बिमा प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल जाँच छिटो र सहुलियत दरमा उपलब्ध गराइने, मेडिकल रिपोर्ट समयमै प्रदान गरिने र कम्पनीका कर्मचारीलाई स्वास्थ्योपचार सेवामा १० प्रतिशत छुट उपलब्ध गराइने नेपाल लाईफले जनाएको छ।

यो सहकार्यले बिमा प्रक्रिया थप सहज, छिटो र प्रभावकारी बनाउनुका साथै कर्मचारी र सेवाग्रहीलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउने लक्ष्य राखिएको छ।

कम्पनीले यस सम्झौताबाट आफ्ना ग्राहक, प्रस्तावक तथा कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको जनाएको छ।

प्रकाशित: १० वैशाख २०८३ २१:१९ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast