काठमाडौँ- मोरङको विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित स्पा सेन्टरबाट ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार (वैशाख १२) प्रहरीले ती स्पामा छापा मारेको थियो ।
यस दिन स्पा सञ्चालकसहित ३६ जनालाई नियन्त्रणमा लिएर थप सोधपुछ एवं अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी टोली ती स्पामा खटिएर चेकजाँच गर्दा शंकास्पद गतिविधिमा संलग्नलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रकाशित: १३ वैशाख २०८३ ७:५९ | Sunday, April 26, 2026
प्रतिक्रिया




