काठमाडौँ- गत भदौ २३-२४ गतेको जेनजी विद्रोहपछि नेपालमा हिजो बिहीबार (फागुन २१ गते) देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ।
यस निर्वाचनमा कुल ६५ राजनीतिक दलले उम्मेदवारी दिएका थिए। अहिले मतगणना प्रक्रिया देशभर जारी छ। प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता कायम गरेको छ।
मतगणनास्थलहरूमा सुरक्षा चुस्त गरिएको छ। केन्द्र वरिपरि तारजाली लगाइएको छ र सुरक्षा कर्मचारी खटिएका छन्। दलका प्रतिनिधिहरू पनि मतगणना प्रक्रिया अनुगमन गर्दै केन्द्रभित्र उपस्थित छन्।
तस्बिरहरू






प्रकाशित: २२ फागुन २०८२ ८:१३ | Friday, March 6, 2026
प्रतिक्रिया



