प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी पूरा

हिमाल प्रेस ६ चैत २०८२ २०:४४ | Friday, March 20, 2026
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी पूरा

काठमाडौँ– शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानले शुक्रबार विज्ञप्ती निकालेर खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टिम सहभागी हुनेछन्।

क्यानका अनुसार प्रतियोगिताको विजेता टोलिले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले पाँच लाख पाउनेछन्।

प्रतियोगिताका खेलहरू काठमाडौँस्थित मूलपानी क्रिकेट मैदान, बीरगञ्ज र जनकपुरमा सञ्चालन हुनेछन्।

शनिबार कोशी र मधेशबीचको खेल जनकपुरमा हुनेछ भने अर्को खेल बीरगञ्जमा लुम्बिनी र कर्णालीबीचको खेल हुनेछ।

प्रकाशित: ६ चैत २०८२ २०:४४ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast