इरानका सञ्चारमाध्यम भन्छन् : सर्वोच्च नेता खामेनी रहेनन्

हिमाल प्रेस १७ फागुन २०८२ ७:४१ | Sunday, March 1, 2026
40
SHARES
इरानका सञ्चारमाध्यम भन्छन् : सर्वोच्च नेता खामेनी रहेनन् अमेरिकी-इजरायली आक्रमणमा मारिएका आयतोल्लाह अली खामेनी।

इरानका सञ्चारमाध्यमले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेका छन्। इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो।

८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा आसिन थिए। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए ।

अमेरिका र इजरायलले शनिबार संयुक्त रुपमा इरानमाथि हमला गरेका थिए । सो हमला खानेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको बताइएको छ ।

प्रकाशित: १७ फागुन २०८२ ७:४१ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast