बालेन हेर्न बुटवलमा भिड (तस्बिरहरू)

हिमाल प्रेस २ फागुन २०८२ २०:३५ | Saturday, February 14, 2026
20
SHARES
बालेन हेर्न बुटवलमा भिड (तस्बिरहरू)

बुटवल – रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) शनिबार रूपन्देही, कपिलबस्तु र नवलपरासीका विभिन्न ठाउँ पुगेका छन्। उनी समर्थकलाई अभिवादन गर्दै हिँडेका हुन्।

बालेनले रूपन्देहीको मर्चवारदेखि , लुम्बिनी, कपिलबस्तु, परासी हुँदै बुटवलसम्मको भ्रमण गरेका हुन्। बुटवल देवीनगरमा चौपारीमा शनिबार साँझ बालेन हेर्नका लागि मानिसहरूको ठूलो भिड जम्मा भएको थियो। बालेनले गाडीबाटै हात हल्लाउँदै समर्थकहरूलाई अभिवादनमात्रै गरे।

यस्तै उनले मर्चवारीमाई गाउँपालिका वडा नम्बर ६ मा रहेको प्रसिद्ध मर्चवारी देवी मन्दिर पुगेका थिए। बालेनसँगै रूपन्देही २ का उम्मेदवारहरू पनि सामेल भएका थिए।

निर्वाचन आयोगले मानिसहरूको ठूलो भिड नगराउन निर्देशन दिए पनि रास्वपाले भने ठूलो भिड सहित भेटघाट गरिरहेको छ। यसअघि पनि पार्टी सभापति रवि लामिछाने बुटवल आउँदा ठूलो भिड जम्मा भएको थियो।

प्रकाशित: २ फागुन २०८२ २०:३५ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast