सिरहामा गोली हानेर एक जनाको हत्या

हिमाल प्रेस १६ माघ २०८२ १७:३३ | Friday, January 30, 2026
सिरहामा गोली हानेर एक जनाको हत्या प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- सिरहामा गोली हानेर एक जनाको हत्या भएको छ।

सिरहा नगरपालिका–७ का अन्दाजी ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो।

सिरहा–७ स्थित मैनावती खोला छेउमा खेतमा काम गरिरहेका यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। उनी खेत खनेर ट्रयाक्टरमा माटो लोड गर्ने मजदुर रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादु पालले यादवको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। उनका अनुसार यादवको छातिमा गोली लागेको छ। घटनास्थल वरिपरिका क्षेत्र घेराबन्दी गरिएको उनले बताए।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट भारतीय सीमा ८–१० किलोमिटरको दूरीमा रहेको बताइएको छ।

प्रकाशित: १६ माघ २०८२ १७:३३ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast