फाइल तस्बिर
काठमाडौँ- नेपालको पश्चिमी क्षेत्रमा केही दिनयता ‘माघे झरी’ निरन्तर परिरहेको छ। मौसम विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका अधिकांश भूभागमा र बागमती प्रदेशका केही स्थानमा हिउँदे वर्षा भएको छ। यो दोस्रो हिउँदे वर्षा हो।
यसअघि माघ ९ गते बेलुकादेखि १० गते बिहानसम्म पनि हल्का वर्षा भएको थियो। मंगलबार रातिदेखि पश्चिमी वायुको प्रभावको कारणले विशेष गरेर नेपालको पश्चिमी क्षेत्रमा वर्षा भइरहेको हो।
मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा उल्लेखित विवरणअनुसार पछिल्लो १२ घन्टामा गाइबन्डे केन्द्रमा २९.६, डडेलधुराको जोगबुढामा २४।६, कञ्चनपुरको हनमान नगरमा २३.६, ज्यामिरखाली केन्द्रमा २६.२, चिउरी केन्द्रमा २५.८ मिलिमिटर वर्षा भएको छ।
प्रकाशित: १४ माघ २०८२ ६:५४ | Wednesday, January 28, 2026
प्रतिक्रिया




