कांग्रेस त्रिपक्षीय वार्ता फेरि बस्ने

हिमाल प्रेस २९ पुष २०८२ १२:२६ | Tuesday, January 13, 2026
कांग्रेस त्रिपक्षीय वार्ता फेरि बस्ने

काठमाडौँ- नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि मंगलबार बसेको विशेष महाधिवेशन पक्षधर, डा.शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीचको त्रिपक्षीय बैठक दिउँसो पुनः बस्ने गरी सकिएको छ।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन गर्दै दबाब बढाइरहेको छ भने अर्को पक्ष भने विशेष महाधिवेशन स्वीकार्न तयार छैन। यसबीचमा सहमति खोज्ने प्रयासस्वरूप बिहानदेखि तीनै पक्षका शीर्ष नेताहरूबीच छलफल भएको थियो।

वार्तामा सहभागी नेता गुरुराज घिमिरेले विषयमा प्रारम्भिक छलफल मात्र भएको जानकारी दिएका छन्। घिमिरेले भने,‘एजेन्डागत छलफलका लागि दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ।’

प्रकाशित: २९ पुष २०८२ १२:२६ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast