प्रधानमन्त्री कार्कीलाई भेट्न रवि लामिछाने बालुवाटारमा

हिमाल प्रेस ६ पुष २०८२ २०:४० | Sunday, December 21, 2025
प्रधानमन्त्री कार्कीलाई भेट्न रवि लामिछाने बालुवाटारमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन्। रास्वपाका तर्फबाट उपसभापतिद्वय डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, पूर्व सांसद, शिशिर खनाल, सोबिता गौतमलगायत सहभागी छन्।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको बताइएको छ।

लामिछाने थुनामुक्त भएपछि आज (आइतबार) मात्रै सभापतिको कार्यभार सम्हालेका थिए। त्यसलगत्तै भएको केन्द्रीय समिति बैठकपछि उनीलगायतको रास्वपाको टिम बालुवाटार पुगेको हो।

प्रकाशित: ६ पुष २०८२ २०:४० | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast