बेपत्ता देवानसिंह मृत भेटिए

हिमाल प्रेस १२ पुष २०८२ ६:४१ | Saturday, December 27, 2025
बेपत्ता देवानसिंह मृत भेटिए

काठमाडौँ- यही पुस ९ देखि बेपत्ता बैतडीको शिवनाथ गाउँपालिका २ सनकोटका ५१ वर्षीय देवानसिंह साउद शुक्रबार मृत फेला परेका छन्। उनी स्थानीय गिठीखोला भिरमा मृत भेटिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।

गत बुधबार स्थानीय बजारमा मासु ल्याउन भनी घरबाट निस्केका देवानसिंह नफर्केपछि खोजतलास गर्दै जाँदा शुक्रबार अपराह्न मृत फेला परेका हुन्। उनको मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशंका गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन्। रासस

प्रकाशित: १२ पुष २०८२ ६:४१ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast