मोरङ र मकवानपुरबाट करिब एक हजार ३ सय ९१ किलो गाँजा बरामद

हिमाल प्रेस २५ मंसिर २०८२ १३:०८ | Thursday, December 11, 2025
मोरङ र मकवानपुरबाट करिब एक हजार ३ सय ९१ किलो गाँजा बरामद

काठमाडौँ- मोरङको रंगेली नगरपालिका ८ स्थित खेतबाट अवैध लागूऔषध गाँजा ९ सय २१ किलो ६ सय ६० ग्राम बुधबार राति प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले खेतमा परालले छोपी लुकाई छिपाई राखिएको २९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो। मकवानपुरको भीमफेदी गाउँपालिका ३ पान्द्राङबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा. १७ च ४२ नम्बरको बोलेरो पिकअप गाडीको पछाडि ढालामा १७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार गाडी चालकको खोजी गरिरहेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २५ मंसिर २०८२ १३:०८ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast