चन्द्रपुर- विद्यालयमा विद्यार्थीको उपस्थितिमा कमी देखिएपछि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, चन्द्रपुरले विद्यार्थी खोज तथा अभिभावक सचेतना अभियान सञ्चालन गरेको छ।
शिक्षकले खौराहा गाउँ परिक्रमा गर्दै घरघर पुगेर विद्यार्थीको खोजी गरेका थिए। यस क्रममा अभिभावकसँग भेटघाट गरी आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउन आग्रह गर्दै शिक्षाको महत्वबारे सचेत गराइएको थियो।
विद्यालय प्रशासनले शिक्षकको यो प्रयासलाई विद्यालयप्रतिको उत्तरदायित्व र समर्पणको उत्कृष्ट उदाहरणको रूपमा लिएको छ।
प्रकाशित: १८ कार्तिक २०८२ १०:३०
प्रतिक्रिया



