प्रधानमन्त्री कार्की र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

हिमाल प्रेस ११ मंसिर २०८२ १७:४८ | Thursday, November 27, 2025
प्रधानमन्त्री कार्की र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री कार्की र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री कार्कीलाई भेट्न अध्यक्ष ठाकुर बिहीबार प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पुगेका थिए।

प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि वातावरण बनाउनका सक्दो भूमिका खेलिदिन आग्रह गरिन्।

अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी दिए।

उनले भने, ‘हामी स्पष्ट छौँ। चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै। चुनाव नै अबको एकमात्र निकास हो।’

उनले तराई–मधेशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह पनि गरे।

प्रकाशित: ११ मंसिर २०८२ १७:४८ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast