फाइल तस्बिर : रासस
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध कायमै राखेका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन्।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दैछन्। उक्त समयमा पनि उनीहरूले अवरोध जारी नै राख्ने बताएका छन्।
बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले आफूहरूको आन्दोलन गहन अनुसन्धान गरी बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन आग्रह गरेको र आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
प्रकाशित: १४ असार २०८२ १२:२८ | Saturday, June 28, 2025
प्रतिक्रिया



