प्रतिनिधिसभाको बैठक बस्दै

हिमाल प्रेस १४ असार २०८२ ६:५७ | Saturday, June 28, 2025
प्रतिनिधिसभाको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बिहान ११ बजे बैठक बस्ने छ।

आजको बैठकबाट तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ। बैठकमा ‘नेपाल नागरिकता/दोस्रो संशोधन विधेयक, २०८२ लाई पारित गरिने कार्यसूची छ। उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नेछन्।

उपपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक विधेयक, २०८२ लाई पारित गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

उनैले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: १४ असार २०८२ ६:५७ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast