
पोखरा- पर्वतको सेतीवेणीमा जिप दुर्घटनामा परी २ जना यात्रुको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते छन्। बुधबार बिहान गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु १ ज ४४६० नम्बरको बोलेरो जिप बिहानी गाउँपालिका सेतीवेणीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा पर्वतको बिहादी गाउँपालिका ३ का मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका ५ गुमीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी रवीन विष्टले बताए।
घाइते ६ जनालाई उपचारका लागि पाल्पा पठाइएको छ। उकालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रकाशित: २१ फागुन २०८१ १३:३३
प्रतिक्रिया