लगातार दोस्रो दिन सुनचाँदीको मूल्यमा गिरावट, दुई दिनमै सुन तोलामा ८,८०० सस्तो

हिमाल प्रेस ११ असार २०८३ १२:२६ | Thursday, June 25, 2026
26
SHARES
लगातार दोस्रो दिन सुनचाँदीको मूल्यमा गिरावट, दुई दिनमै सुन तोलामा ८,८०० सस्तो

काठमाडौँ- बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला रु ५ हजार २०० र चाँदी रु २५० ले घटेको हो।

बिहीबार सुनको मूल्य प्रतितोला रु २ लाख ७८ हजार ३०० र चाँदीको मूल्य रु ४ हजार २३५ निर्धारण गरिएको छ।

बुधबार सुन प्रतितोला रु २ लाख ८३ हजार ५०० र चाँदी रु ४ हजार ४८५ मा कारोबार भएको थियो।

त्यसअघि मंगलबार सुन रु २ लाख ८७ हजार १०० र चाँदी रु ४ हजार ५९० मा किनबेच भएको थियो।

यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला रु ३ हजार ६०० र चाँदी रु १०५ ले घटेको थियो।

यससँगै दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला रु ८ हजार ८०० र चाँदी रु ३५५ ले घटेको देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। बुधबार प्रतिऔँस सुन चार हजार ६४ अमेरिकी डलरमा कारोबार भएकोमा बिहीबार तीन हजार ९९९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ११ असार २०८३ १२:२६ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast