
काठमाडौँ– सन् २०२५ को पहिलो दुई महिनामा हवाई मार्गबाट कुल १ लाख ७६ हजार ८७१ विदेशी पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या सन् २०२४ को सोही अवधिको तुलनामा सामान्य वृद्धि हो। सन् २०२४ को पहिलो दुई महिनामा १ लाख ७६ हजार ५२६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।
फेब्रुअरीमा ९६ हजार ८८० पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएकोछ। यो संख्या फेब्रुअरी २०२४ को तुलनामा ०.५६ प्रतिशतले कम हो। सन् २०२४ को फेब्रुअरीमा ९७ हजार २२६ पर्यटकले नेपाल भ्रमण गरेकाथिए।
बोर्डको तथ्यांकअनुसार फेब्रुअरीमा भारतबाट सबैभन्दा धेरै १९ हजार १८७ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अमेरिका १० हजार ३४८ पर्यटकसहित दोस्रो स्थानमा रह्यो। जबकि चीन, थाइल्याण्ड, र बेलायतबाट क्रमशः ८ हजार २३२, ५ हजार ६०९ र ५ हजार ५७ पर्यटक नेपाल भित्रिए।
बंगलादेशबाट ४ हजार ८४७, श्रीलंकाबाट ४ हजार ३७०, अस्ट्रेलियाबाट ३ हजार ७३७, म्यानमारबाट ३ हजार १४९ र दक्षिण कोरियाबाट २ हजार ७७९ का पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ। ्र
जनवरीमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ७९ हजार ९९१ रहेकोथियो। भारतबाट २० हजार ४८५ पर्यटक आउँदा, चीन र संयुक्त राज्य अमेरिकाबाट क्रमशः ८ हजार १९१ र ८ हजार ०६३ पर्यटक नेपाल भित्रिएका थिए।
सन् २०२४ मा नेपाल भ्रमणका लागि कुल ११ लाख ४७ हजार ५६७ पर्यटक आएका बोर्डले जनाएको छ।