 
                             
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तराई मधेस जागरण अभियान अन्तर्गत सुनसरीदेखि जोडिएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै उनी सुनसरीको देवानगञ्जमा बिहीबार जोडिएका हुन्। यो अभियानमा नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव पनि जोडिएका छन्।
यसैगरी अभियान अन्तर्गत उपमहासचिव हरिबोल गजुरेललगायत पनि सक्रिय रहेका छन्।अभियानको उद्घाटनमा बोल्ने क्रममा झापामा फन्किएका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ त्यसपछि काठमाडौँ आएका थिए।
अध्यक्ष प्रचण्डसँग कुराकानी भएपछि चितवनको कार्यक्रममा माफी मागेका थिए।
झापामा झोक्किएर मञ्च छाडेका नारायणकाजीले चितवन पुगेर मागे माफी
                            प्रकाशित: १५ फागुन  २०८१ १२:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 