नेसपा (नयाँ शक्ति) मा २० नेता निर्विरोध निर्वाचित, उपाध्यक्षमा दुर्गा सोब र मानुषी यमि भट्टराई

हिमाल प्रेस २९ माघ २०८१ १०:२२
3.0k
SHARES
नेसपा (नयाँ शक्ति) मा २० नेता निर्विरोध निर्वाचित, उपाध्यक्षमा दुर्गा सोब र मानुषी यमि भट्टराई नेसपा (नयाँ शक्ति) काे उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित दुर्गा सोब र मानुषी यमि भट्टराई।

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्ष पदमा दुर्गा सोब र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका छन्। समावेशीअन्तर्गत सोब दलित क्लटस्टर र भट्टराई महिलाबाट निर्वाचित भएका हुन्। उनीहरूसहित महाधिवेशनबाट पार्टीका विभिन्न पदमा २० जना नेताहरू निर्विरोध भएका छन्।

जसमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, भारत प्रवास प्रदेश र केन्द्रीय सदस्यमा नेताहरू निर्विरोध भएका हुन्।  नेसपा नयाँ शक्तिका नेता कृष्ण शर्माले उम्मेदवारीको दाबी विरोध प्रक्रिया अहिले चलिरहेको बताए। शर्माका अनुसार मंगलबार (आज) दिउँसो २ बजेपछि मतदान हुने छ।

महाधिवेशनबाट ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाका लागि मंगलबार  निर्वाचन हुँदैछ। अध्यक्षमा डा.बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन्। आइतबारदेखि प्रज्ञाभवन कमलादीमा महाधिवेशन चलिरहेको छ।

यी हुन् निर्विरोध निर्वाचितहरू

उपाध्यक्ष (महिला) : मानुषी यमि भट्टराई, उपाध्यक्ष (दलित) : दुर्गा सोब

कोशी प्रदेश केन्द्रीय सदस्य (खुला) : मणि राई

कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) : तारा बास्तोला दवाडी

मधेश प्रदेश केन्द्रीय सदस्य (महिला)  : बिबि समिना खातुन

बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) :  बसुन्धरा साप्कोटा

गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) :  चित्र सापकोटा

गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) : नारायणी अधिकारी

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला) : कमल खनाल

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) : सुनिता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुला) : लक्ष्मीप्रसाद भट्टराई

कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) : मीराकुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) : रतनबहादुर टमटा

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला)  : सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) : लोकेन्द्रबहादुर सुनार

केन्द्रीय सदस्य 

खुला युवा महिला : निशा श्रेष्ठ

आदिवासी जनजाति युवा महिला : मञ्जुमाया तामाङ

मधेशी महिला : अमृताकुमारी देवी

दलित केन्द्रीय सदस्य युवा : हिक्मत विक

थारु महिला : गीता थनेत

थारु युवा : लक्षीराम चौधरी

प्रकाशित: २९ माघ २०८१ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast