
काठमाडौँ- एकता पौडेलकाे निर्देशनमा फिल्म ‘हर्ष’ बन्ने भएको छ। छोटो फिल्म बनाइसकेकी एकता फिचर फिल्ममा डेब्यु गर्दैछिन्। उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङबारे अध्ययन गरेकी छन्।
फिल्ममा अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछाने भित्रिएका छन्। निर्माण टिमसँग आँचल र खगेन्द्रको कागजी सझौंता भएको निर्माण टिमले जानकारी दिएको छ।
फिल्म आलोक शुक्लाले छायांकन गर्ने भनिएको फिल्मको प्रोडक्सन म्यानेजरमा ईश्वर घिमिरे रहनेछन्। प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहनेछन्।
ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्ममा अन्य कलाकारबारे केही समयपछि सार्वजनिक गर्ने टिमले बताएको छ। एकता स्व. शिव रेग्मीकी भान्जी हुन्।
प्रकाशित: २८ माघ २०८१ १४:३५
प्रतिक्रिया