स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्‍याउन सम्झौता

हिमाल प्रेस २४ माघ २०८१ २१:३९
12
SHARES
स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्‍याउन सम्झौता

काठमाडौँ- राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल विद्यालय खेलकुद महासंघबीच स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ।

काठमाडौँमा आज (बिहीबार) आयोजित एक कार्यक्रमबीच राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल विद्यालय खेलकुद महासंघबीच सम्झौता भएको हो।

सम्झौतापत्रमा स्केटबोर्डिङ संघका तर्फबाट अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासंघका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौतापत्र हस्ताक्षरपछि राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ स‌ंघका अध्यक्ष खनाल र विद्यालय खेलकुद महासंघका अध्यक्ष श्रेष्ठले सम्झौताले स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्‍याउन मद्दत पुग्ने बताए। यसबाट हरेक खेललाई विद्यालयस्तरबाटै सुरु गर्ने सरकारको लक्ष्य पूरा गरी खेलाडी उत्पादनमा सहयोग पुग्ने उनीहरूको भनाइ थियो।

प्रकाशित: २४ माघ २०८१ २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast