प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि

हिमाल प्रेस २२ माघ २०८१ १६:०८
104
SHARES
प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि

काठमाडौँ- प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १६ गतेदेखि मैथिली भवनमा हुने भएको छ। आज ललितपुरमा कार्यक्रम गर्दै महोत्सवको औपचारिक घोषणा गरिएको हो।

महोत्सवको नारा “Stories Beyond Borders: Where Culture Meets Cinema” राखिएको छ। आयोजकका अनुसार महोत्सवमा ११४ भन्दा बढी देशका फिल्मको आवेदन परेको छ।

नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना, अवसरको खोजी, युवा फिल्मकर्मीहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको संवाद फाउन्डेसनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast