काठमाडौँ- राष्ट्रियसभाको बैठक आइतबार बस्दैछ। बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। संसदको चालू अधिवेशन गत शुक्रबारबाट सुरु भएको हो। प्रतिनिधि सभाको बैठक भने आगामी माघ २४ गते बस्ने छ।
प्रकाशित: २० माघ २०८१ ८:१९
प्रतिक्रिया