काठमाडौँ- सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन्।
२४ औं सशस्त्र प्रहरी दिवस अवसरमा मंगलबार काठमाडौँमा आयोजित विशेष समारोहमा उनलाई ‘एपीएफ कला साहित्य सम्मान’ तथा ‘एपीएफ आईजी कमन्डेसन’ बाट सम्मानित भएका हुन्।
गैरेलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त सम्मानसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए।
संगठनमा योग्य र उत्कृष्ट कर्मचारीका रूपमा रहँदै आएका पाल्पाका डीएसपी गैरे यसअघि सशस्त्रका विभिन्न कोर्षहरूमा समेत उत्कृष्ट रहँदै आएका छन्। गैरेले सशस्त्र सेवाका साथै नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट सिर्जनाहरु पस्कँदै आएका छन्।
सम्मानितपछि डीएसपी एवं संगीतकार गैरेले ‘बग्दै जाँदा तीर्थ फेला पर्छ भन्थे साँच्चै रहेछ’ भनी हार्दिक कृतज्ञता एवं खुसी व्यक्त गरेका छन्। सांगीतिक क्षेत्रमा उनी ‘गैरे सुरेश’ नामले चिनिन्छन्। उनले ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौं’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ लगायतका चर्चित गीतहरूमा संगीत भरेका छन्।
२४ औं सशस्त्र प्रहरी दिवस अवसरमा दुई दिनसम्म विशेष कार्यक्रम आयोजना गरिएको छ। दिवसको मूल कार्यक्रम बुधबार हुनेछ।