कमल थापाको स्पष्टीकरण : कमजोर भएर राप्रपासँग एकताको प्रस्ताव गरेको होइन

हिमाल प्रेस ७ माघ २०८१ ११:४४
16
SHARES
कमल थापाको स्पष्टीकरण : कमजोर भएर राप्रपासँग एकताको प्रस्ताव गरेको होइन पृथ्वी जयन्तीका दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापानमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन। तस्बिर स्रोत :  लिङ्देनको फेसबुक

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कमजोरकाले राप्रपासँग एकताको प्रस्ताव नराखेको प्रष्ट्याएका छन्। थापाले राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएका कारण आफूले एकताको प्रस्ताव राखेको तर्क गरेका छन्।

सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिनसके भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त पार्न सकिने उनको भनाइ छ।

‘हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिउँ भनेर हो। यो समय फेरि नआउन सक्छ’, उनले भनेका छन्।

प्रकाशित: ७ माघ २०८१ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast