बढ्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस ३ माघ २०८१ ७:४५
20
SHARES
बढ्यो काठमाडौँको तापक्रम काठमाडौँ उपत्यकाको मौसम सफा हुँदा हलचोक डाँडाबाट देखिएको स्वयम्भू लगायत आसपासको दृश्य। फाइल तस्बिर

काठमाडौँ- माघको तेस्रो दिन आज (बिहीबार) काठमाडौँको तापक्रम केही तातेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन भएको छ।

बुधबार काठमाडौँको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको थियो। रातिको समयमा आकाश बादलले ढाकेको अवस्थामा न्यूनतम तापक्रम केही बढ्न सक्छ। बिहीबार दिउँसो काठमाडौँमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ‍

आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहनेछ।

प्रकाशित: ३ माघ २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast