वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात, रास्वपाको आपत्ति

हिमाल प्रेस २ माघ २०८१ १७:३४
24
SHARES
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात, रास्वपाको आपत्ति

काठमाडौँ- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालत परिसरमा हातपात भएको छ। सहकारी पीडितको पक्षबाट बहस गरेर बाहिर निस्कने क्रममा उनीमाथि हातपात भएको हो। हातपात भएपछि सुरक्षाकर्मीले त्रिपाठीलाई जोगाएका थिए।

कालीमाटिस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएपछि अदालत परिसरमा उनका समर्थकहरू भेला भएका छन्।

यसैबीच वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको हातपातप्रति पार्टी सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले ‘यस विषयमा अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पदि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने’ बताएका छन्।

यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिका दलका लागि स्वीकार्य नहुने झाले उल्लेख गरेका छन्।

प्रकाशित: २ माघ २०८१ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast