माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : पुनका अगाडि उपाध्यक्षको ‘नेमप्लेट’

हिमाल प्रेस २१ पुष २०८१ १६:२३
12
SHARES
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : पुनका अगाडि उपाध्यक्षको ‘नेमप्लेट’

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ। बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन्।

पुन मञ्चको अग्रपंक्तिको पहिलो लहरमा बसेका छन्। उनीसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा र पम्फा भुसाल तथा महासचिव देव गुरुङ बसेका छन्।

महरा र पुनका अगाडि उपाध्यक्ष ‘नेमप्लेट’ राखिएको छ। पूर्वउपराष्ट्रपति पुन यसअघि माओवादी स्थायी कमिटी बैठकमा सहभागी हुन पार्टी मुख्यालय पेरिसडाँडा पुगेका थिए।

उपराष्ट्रपतिको पदावधि सकिएपछि पुन पुनः राजनीतिमा सक्रिय हुने अड्कलबाजी चलिरहेको थियो। निरन्तर पार्टीका बैठकहरूमा सहभागी हुन थालेपछि पुन फेरि सक्रिय राजनीतिमा फर्किने सम्भावना बढेको छ। उनले आफैँ पनि सक्रिय राजनीतिमा आइसकेको बताउने गरेका छन्।

माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने तयारीसमेत गरेको छ। माओवादी केन्द्रभित्र पुन अध्यक्ष प्रचण्डको विश्वासपात्रका रूपमा चिनिन्छन्।

पुन दुई कार्यकाल उपराष्ट्रपति भइसेका छन। उनी २०७२ कात्तिकदेखि २०७९ चैतसम्म उपराष्ट्रपति थिए। उपराष्ट्रपतिको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्किने पहिलो नेता हुनेछन्।

उनीअघि उपराष्ट्रपति भएका परमानन्द झा सक्रिय राजनीतिमा फर्किका छैनन् भने रामसहाय यादव सक्रिय राजनीति छोडेर अहिले उपराष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका छन्।

प्रकाशित: २१ पुष २०८१ १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast