फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा सञ्चालनमा

हिमाल प्रेस १२ पुष २०८१ १९:२६
फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा सञ्चालनमा

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला फिदिम र फुङलिङमा शाखा सञ्चालनमा ल्याएको छ।

पूर्वी पहाडी जिल्लाका ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ फिदिम नगरपालिका–१ र फुङलिङ नगरपालिका–४ मा शाखा सञ्चालनमा ल्याइएको एभरेष्ट बैंकले जनाएको छ।

फिदिममा बिहीबार र फुङलिङमा शुक्रबारदेखि शाखा सञ्चालनमा आएको हो। यी दुई खाता सञ्चालनमा आएसँगै कोशी प्रदेशमा बैंकको शाखा २० पुगेको एभरेष्ट बैंकले जनाएको छ।

बैंकले देशभर छरिएर रहेका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकलाई सहज हुने विश्वास लिएको छ।

भारतको पञ्जाब नेशनल बैंकसँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंकमा करिब १४ लाख ग्राहक रहेका छन्। त्यस्तै बैंकले १३१ शाखा, चार एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्ककका अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: १२ पुष २०८१ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast