राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक छ : भट्टराई (भिडियोसहित)

हिमाल प्रेस २९ मंसिर २०८१ १९:३९
118
SHARES
राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक छ : भट्टराई (भिडियोसहित)

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताएका छन्।

रातो झिल्को पत्रिकाको १६ अङ्क “बहस संविधान संशोधन : अग्रगामी कि पश्चगामी?” विषयक कार्यक्रममा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसँगै प्रतिनिधिसभा र प्रदेशसभालाई पूर्णसमानुपाति गर्नुपर्ने बताए।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष भट्टराईले भने,‘राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित रहने, प्रतिनिधिसभा र प्रदेशसभा नीति निर्माण गर्ने तथा मन्त्रिमण्डल समावेशी र विषयविज्ञका आधारबाट सभाबाहिरबाट ल्याउने गरी संविधान सशोधन गरिनुपर्छ।’

यस्तो प्रणालीले राजनीति स्थायित्व, विविधता र समावेशीका मुद्दा सम्बोधन गर्न सक्ने बताउँदै उनले संविधान संशोधन गर्ने विषयलाई पनि व्यापक बहस चलाउँदै खास–खास मुद्दामा जनमतसमेत गर्न सकिने तर्क गरे।

उनले संविधान संशोधनको मुख्य विषय अन्तरवस्तु र प्रक्रिया भएकाले छलफल र बहसका आधारमा टुङग्याउन सकिने धारणा राखे।

प्रकाशित: २९ मंसिर २०८१ १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast