
काठमाडौँ- फिल्म ‘मिसिङः केटी हराएको सूचना’ आगामी माघ ११ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले बिहीबार नयाँ पोस्टर सार्वजनिक गर्दै माघ ११ लाई प्रदर्शन मिति तोकेका हुन्। पोस्टरमा फिल्मको मुख्य पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएका छन्।
यसअघि कात्तिक ३० मा प्रदर्शन गर्ने भनिएको थियो। टिमले सर्वाधिक व्यापार गर्ने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’लाई सर्पोट गरेको भन्दै मिति पोसपोण्ड गरेका थिए।
फिल्म ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका हुन्। निर्देशक दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ। फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। अमितेष शाह विशेष भूमिकामा छन्।
अमर महर्जनले छायांकन गरेको फिल्म निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी र अरुण रेग्मीको प्रोडक्सनमा बनेकाे छ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको छ। म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।