 
                             
                                            इटहरी- कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त भएका छन्। नेकपा एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुखले मन्त्री पदमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री भण्डारीको शपथ सोमबार साँझ साढे ५ बजे हुँदैछ। कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लब अधिकारी जापान मानव तस्करी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए।
अधिकारीलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउन सिफारिस गरेपनि काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको थियो।
                            प्रकाशित: १७ मंसिर  २०८१ १७:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 