एनपीएल : जनकपुर बोल्ट्सको विजयी सुरूवात

हिमाल प्रेस १५ मंसिर २०८१ १५:३६
16
SHARES
एनपीएल : जनकपुर बोल्ट्सको विजयी सुरूवात

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा जनकपुर बोल्ट्सले विजयी सुरूवात गरेको छ। एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरूवात गरेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा एनपीएलको पहिलो खेलमा शनिबार जनकपुर बोल्ट्सले विरोटनगरलाई विकेटले पराजित गर्‍यो।

टस जितेर ब्याटिङका लागि निम्तो पाएको विराटनगर किंग्सले जनकपुर बोल्ट्सामु सामान्य लक्ष्यमात्र प्रस्तुत गर्न सक्यो। निर्धारित २० ओभरसमेत खेल्न नसकेको विराटनगर किंग्सले सबै विकेट गुमाएर मात्र १२७ रनको योगफल खडा गर्‍यो।

१२८ रनको झिनो लक्ष्य जनकपुर बोल्ट्सले ओभरमा १५.५ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो। जनकपुर बोल्ट्सका लागि लाहिरू मिलन्थाले पहिलो खेलमै अर्धशतकीय इनिङ खेले। उनले ५३ बलमा ७५ रन बनाएर नटआउट रहे। ठाकरले २९ रन बनाए।

त्यस्तै हर्ष ठाकरले रन बनाए। कप्तान अनिल शाह र मार्की खेलाडी आशिफ शेख सस्तैमा आए भए पनि मिलन्था र ठाकरको जबरजस्त साझेदारीले विराटनगर किंग्सलाई सहजै पराजित गर्‍यो।

विराटनगरका लागि क्रिस सोल र प्रतिश जिसीले समान १ विकेट लिए।

यसअघि ब्याटिङ गरेका विराटनगर किंग्सका मार्टिन गुप्टिलबाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। गुप्टिलले अर्धशतकीय इनिङ खेल्दै ५५ रन बनाए। एनपीएलकाे इतिहासमा अर्धशतक बनाउने उनी पहिलाे ब्याटर बनेका हुन्।

जनकपुर बाेल्ट्सका लागि ललित राजवंशीले ३ विकेट लिए।त्यस्तै किशोर महतो र हर्ष ठाकरले २–२ विकेट लिँदा बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए।

 

प्रकाशित: १५ मंसिर २०८१ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast