काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको चीन भ्रमण स्वीकृत गरेको हो।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्।
उनको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार नै चीन प्रस्थान गरेकी छन्। तीनदिने चीन भ्रमणमा गएकी उनले चिनियाँ समकक्षी वाङ वाईसँग द्विपक्षीय हितका साथै प्रधानमन्त्री ओलीको भ्रमणका विषयमा छलफल गर्ने छिन्।
प्रकाशित: १३ मंसिर २०८१ १८:४२
प्रतिक्रिया