‘अग्निदहन’ प्रिमियर : बोक्सी प्रथाविरुद्ध सचेतना जगाउने प्रभावकारी फिल्म

हिमाल प्रेस ६ मंसिर २०८१ ११:१२
8
SHARES
‘अग्निदहन’ प्रिमियर : बोक्सी प्रथाविरुद्ध सचेतना जगाउने प्रभावकारी फिल्म

काठमाडौँ- यही शुक्रबार अर्थात् मंसिर ७ मा प्रदर्शन हुने फिल्म ‘अग्निदहन’ को बुधबार उपत्यकामा प्रिमियर गरिएको छ। सुन्धारास्थित सिभिल मलमा भएको प्रिमियरमा फिल्म हेरेपछि अधिकांशले कथावस्तु मन परेको प्रतिक्रिया दिए।

निर्देशक नारायण रायमाझीले गाउँघरमा अझै बोक्सी प्रथा कायमै रहेकोले यस्तो फिल्म बन्नुपर्ने बताए। राजनीतिकर्मी शंकर तिवारीले ‘अग्निदहन’ले समस्याको गहिराईमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए।

‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमुत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्नेजस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यस विरुद्ध सचेतना जगाउन फिल्म प्रभावकारी बनेको उनले दाबी गरे।

कलाकार लोकेन्द लेखकले फिल्म सामाजिक विकृति विसंगति र बोक्सी प्रथाविरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए। निर्देशक तथा कलाकार नरेश पौडेलले फिल्मले समाजमा व्याप्त कुरीतिलाई भयानक प्रहार गरेको बताए । उनले यसलाई अझै विद्रोह गर्नुपर्ने सुझाव दिए।

कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पु¥याउँछ भन्ने कुरालाई फिल्मले देखाएको बताए। उनले पुरानो कथालाई सटिक ढंगले प्रस्तुत गरिएको भन्दै फिल्मको प्रशंसा गरे।

फिल्म बोक्सीप्रथा विरुद्दको कथामा बनेको छ। फिल्मका निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्रीलगायत कलाकारको अभिनय छ।

लोकमणी पौडेलको कथा र संवाद लेखन रहेको फिल्म परिच्छेद सेनको पटकथा, कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादनमा बनेको छ।

प्रकाशित: ६ मंसिर २०८१ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast