स्थानीय तह उपनिर्वाचन : कहाँ को उम्मेदवार?

हिमाल प्रेस २ मंसिर २०८१ २०:३७
24
SHARES
स्थानीय तह उपनिर्वाचन : कहाँ को उम्मेदवार?

काठमाडौँ- स्थानीय तहको उपनिर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरूष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

यसै गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरूष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

साथै गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरूष र १ अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएकामध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम (पूर्वी भाग), पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्ष पद र बझाङ सुर्मा गाउँपालिका वडा नं. ४ को वडाध्यक्ष पदमा ३/३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज (आइतबार) बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। कार्यतालिका अनुसार सोमबार बिहान १० अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मंगलबार अपराह्न ५ बजे सम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

त्यसै गरी मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

मतदान मंसिर १६ गते आइतबारका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।

हेर्नुहोस् कहाँ को उम्मेदवार ?

प्रकाशित: २ मंसिर २०८१ २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast