रवि लामिछानेको दोस्रो दिनको बयान सुरु

हिमाल प्रेस २८ कार्तिक २०८१ १०:३७
30
SHARES
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु फाइल तस्बिर

लुम्बिनी-  रास्वपाका सभापति रवि लामिछानेको दोस्रो दिनको बयान बुधबार (आज) सुरु भएको छ।

मंगलबार कास्कीबाट रुपन्देही ल्याइएका लामिछानेसँग बयान नसकिएपछि बिहान १०ः १० बजे सरकारी वकिलकको कार्यालय रुपन्देही भित्रिएका हुन्।

लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो। मंगलबार बयानपछि कार्यालयबाट बाहिरिनेक्रममा ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएका थिए।

लामिछानेले सञ्चारर्की देख्नासाथ बोल्नसक्ने भएकाले बुधबार दोस्रो दिनको बयानका लागि लैजानेक्रममा प्रहरीले घेरा हालेर प्रवशे गराइएको हो।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनको अभियोगमा बयान लिइएको हो। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, प्रहरीका अधिकारीहरु लगायतको उपस्थितीमा बयान लिइएको छ।

मंगलबार प्रारम्भिकरूपमा बयान लिइएको र बुधबार (आज) विभिन्न सवालहरुमा बयान लिइनेछ।
इलाका प्रहरी कार्यालयमार्फत् अभियोजन गरिएको मुद्दाका सन्दर्भमा सरकारी वकिल कार्यालयमा लामिछानेले इन्कारी बयान दिएका छन्।

लामिछानेले आफू सदस्यनै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको बताएको प्रहरी श्रोतले बताएको छ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिने रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिए। उनले बुधबार सरकारी कार्यालय समयमा बयान लिइएपछि आजै फर्काउने वा राख्ने टुंगो लाग्ने बताए।

लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै रास्वपाका कार्यकर्तादेखि प्रर्दशन गरेका छन्। बुधबार पनि साँढे ११ बजे लुम्बिनीगेटमा प्रदर्शन गर्ने रास्वपाले जनाएको छ।

सुप्रिमबाट लामिछानेले दुई करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २८ कार्तिक २०८१ १०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast