काठमाडौँ महानगरपालिका ३२ स्थित कोटेश्वरमा सडक पेटीमा राखिएको बालुवा र सिमेन्ट। तस्बिर : महानगर फेसबुक पेज
काठमाडौँ- सडकपेटीमा सिमेन्ट बालुवा राखेको भन्दै काठमाडौँ महानगरपालिकाले निर्माण कम्पनीलाई जरिबाना तिराएको छ।
महानगरले वडा नम्बर ३२ कोटेश्वरको सरस्वती युवा क्लब निर्माणको क्रममा सार्वजनिक पेटीमा सिमेन्ट बालुवा राखेकाले फाल्गुनन्द्र निर्माण सेवालाई १० हजार रुपैयाँ तिराएको महानगरले जनाएको छ।
महानगर प्रहरीले शनिबार निर्माण कम्पनीलाई जरिबानामा तिराएको हो।
प्रकाशित: २५ कार्तिक २०८१ ११:१२
प्रतिक्रिया



