राप्रपा नेपालको तराई मधेश सम्मेलन वीरगञ्जमा हुने, तयारी पूरा

हिमाल प्रेस २३ कार्तिक २०८१ १८:१९
22
SHARES
राप्रपा नेपालको तराई मधेश सम्मेलन वीरगञ्जमा हुने, तयारी पूरा फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालको तराई मधेश सम्मेलन कात्तिक २६ र २७ गते पर्साको वीरगञ्जमा आयोजना हुने भएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने र कार्यक्रम आयोजनाको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजीव पराजुलीले जानकारी दिए।

सम्मेलनमा तराई मधेशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिमा केन्द्रित रहि महत्त्वपूर्ण छलफल गर्ने कार्यतालिका रहेको उनको भनाइ छ।

पार्टीका अर्का उपाध्यक्ष धीरेन्द्र झाले मधेशको विकास र समृद्धिमा देखिएको सम्भावना र चुनौतीका बारेमा कार्यपत्र पेस गर्नेछन्। तराई मधेश क्षेत्रका २२ जिल्लाबाट २५० प्रतिनिधिहरूको सम्मेलनमा सहभागिता रहने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: २३ कार्तिक २०८१ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + five =