सुनसरी- सुनसरीस्थित सशस्त्र प्रहरी बल-४ नम्बर गण (एपीएफ) र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ।
सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यले गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भए नभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको जानकारी दिए।
टोलीले सीमास्तम्भ १८२ देखि २११ नम्बरसम्म निरीक्षण गरेको उनले बताए।
प्रकाशित: २३ कार्तिक २०८१ ८:३९
प्रतिक्रिया